cpnuml केपी शर्मा ओली

भविष्य सम्झेर सूर्य चिन्हमा मतदान गर्न अपिल

प्रिय मतदाता,
अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्योल गर्नेछ ।
शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?
त्यसैले भोट हाल्नु अघि ‘दुई–भविष्य’लाई सम्झनु होला ।
पहिलो, तपाईको आफ्नै भविष्य र, 
दोस्रो, तपाईको छोराछोरीको भविष्य !
प्रिय मतदाता,
म झुठो बोल्दिन, सत्य छोड्दिन । 
तपाईलाई थाहा छ, म पटक पटक मृत्युको मुखमा पुगेर फर्केको व्यक्ति हुँ । 
अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ । जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।
त्यसैले आज म यस सन्देश मार्फत तपाईसँग भोट माग्दै छु । तर मैले मागेको भोट एमालेको जितका लागि होइन । 
म–
तपाई र तपाईको सन्तानको सुखको लागि, राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दै छु ।
यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले, सूर्य चिन्हमा मतदान गर्नुहोस् ।
धन्यवाद !