detail-img

जिम्मेवारी बाँडफाँड गर्दै रुपन्देही जिल्लाको पहिलो पूर्ण बैठक सम्पन्न

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीको पहिलो बैठक भदौ ८ गते शनिवार बुटवलमा सम्पन्न भएको छ ।  बैठकले जिल्ला कमिटी सदस्यहरुलाई १५५ वटै वडाको इन्चार्ज तोकेको छ भने ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रका संयोजक, सहसंयोजक र सचिव तोकेको छ । २३ वटा जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र ३० वटा विभागका प्रमुख, उपप्रमुख तोक्ने काम समेत गरेको छ । बैठकले ३३ सदस्यीय सचिवालय गठन, १६१ सदस्यीय जिल्ला सल्लाहकार परिषद गठन गरेको छ भने ११९ सदस्यीय जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । 

वार्षिक कार्ययोजना २०८१ निर्माण गरेको बैठकले रुपन्देही जिल्ला कमिटीको पार्टी सदस्यता नविकरणको काम आगामी भाद्र १५ गतेभित्र सम्पन्न गर्ने गरी मातहतका कमिटीलाई निर्देशन दिनुका साथै सरकार र पार्टीका विभिन्न तह र पदमा नियुक्ती र मनोनित हुनुभएका सम्पूर्णलाई बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेको थियो । बैठकमा निवर्तमान जिल्ला इन्चार्ज क.दलबहादुर रानालाई सम्मान सहित बिदाई गर्नुका साथै नयाँ इन्चार्ज क.लिला गिरीलाई स्वागत गरिएको थियो । सोही बैठकले बेद गिरी, ऋषिराम पाण्डे र नरबहादुर घर्तिलाई जिल्ला कमिटीमा मनोनयन गरी सपग्रहण गराउनुका साथै १० औं जिल्ला अधिवेशनको समिक्षा समेत गरेको थियो । 

बैठकले २०८१ भदौ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शिलन्यास माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा हुने भएको हँदा उक्त दिन बिहान ८ बजे बुटवल, तिलोत्तमा, देवदह र सैनामैना क्षेत्र आसपासका सम्पूर्ण नेता कार्यकर्ता र आम जनसमुदायलाई सहभागी गराउन सम्बन्धित पालिका कमिटीलाई विशेष अनुरोध गरेको छ ।  

नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले बैठकलाई सम्बोधन गर्ने क्रममा नेता कार्यकर्ताले आम जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले आम जनताको सानो सानो समस्यालाई पनि विशेष ध्यान दिई कानुन सम्वत रुपमा त्यसको समाधान गर्न जिल्लाका नेताहरुलाई निर्देशन गर्नुभएको थियो । 
बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले कामको मुल्याङ्कनलाई आधार बनाएर जिम्मेवारी र अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो । सम्बोधनका क्रममा वहाले पार्टीका नेता कार्यकर्ताले आफ्नो कार्यशैली र ब्यवहार सच्चाएर अगाडि बढ्न निर्देशन गर्नुभएको थियो । संगठनात्मक कामसँगै जनतालाई बुझाएर जनताकै साथमा समाज रुपान्तरण गर्नुपर्नेछ र त्यसको अगुवाई एवं अभियान्ता एमाले हुने गरी जनताको जिवन बदल्ने एजेन्डा बनाई अगाडि बढ्न विशेष निर्देशन दिनुभएको थियो । 
बैठकमा पोलिटब्यरो सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरीले मिसन ८४ लाई सार्थक बनाउने गरी रुपन्देही जिल्ला कमिटी अगाडि बढ्ने बताउनुभएको थियो । पोलिटब्युरो सदस्य दलबहादुर राना, खिमलाल भट्टराई र दधिराम न्यौपानेले रुपन्देहीको पार्टीेले बलियो र एकल बहुमत सहितको शक्तिशाली पार्टी बनाउन वडा तहसम्मको जिम्मेवारी प्रदान गरिएको हुँदा त्यसको सफल कार्यान्वनयनमा विशेष जोड दिन आग्रह गर्नुभएको थियो । 

रुपन्देही जिल्ला कमिटीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता तथा पार्टीका केन्द्रीय कमिटी सचिव तथा स्थानीय विकास विभाग प्रमुख क.छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिटब्यरो सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, निवर्तमान इन्चार्ज दलबहादुर राना, पोलिटब्यरो सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय कमिटी सदस्य गोमा आचार्य, सावित्रादेवि अर्याल, केन्द्रीय अनुशासन आयोग सदस्य तुल्सी चौधरी, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको आतिथ्यता रहेको थियो ।