detail-img

३२ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान

देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदह-७, शाखा कमिटी र मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा जेष्ठ पार्टी सदस्य र एकल महिलालाई सम्मान गरेको छ । एमालेका नेता द्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य पूर्व लुम्बिनी प्रदेशसभा सदस्य डा कृष्णप्रसाद न्यौपानेले गणतन्त्रको विकल्प उत्तम गणतन्त्र र लोकतन्त्रको विकल्प उत्तम लोकतन्त्र भएकोले प्रतिगमनकारी तत्वलाई परास्त गर्नुको विकल्प नरहेको बताउनुभएको थियो । 

वडाभित्रका ४३ जना जेष्ठ सदस्य र ७ जना एकल महिलालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज श्रद्धा कुवर, नगर कमिटीका अध्यक्ष केशव भट्टराई, देवदह ७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवप्रसाद न्यौपाने लगायतले भनाई राख्नुभएको थियो ।  

विगतमा जेष्ठ सदस्यले पार्टीको विकास र संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै मदन आश्रित स्मृति दिवसको अवसरमा अग्रजलाई सम्म्मान गरिएको शाखा कमिटीका अध्यक्ष रिता थापाले जानकारी दिनुभएको थियो । 

कार्यक्रम नेकपा एमाले देवदह ७, का वडा कमिटी अध्यक्ष रिता थापाको अध्यक्षता, कमिटीका उपाध्यक्ष गीता सापकोटाको स्वागत र सचिव रेनुका पाण्डेको संचालनमा  सम्पन्न भएको थियो ।