जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देही र मदन आश्रित स्मृति अक्षयकोषको संयुक्त आयोजनामा मदन आश्रित स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
जेठ ३ गते बुटवलमा सम्पन्न विचार गोष्ठीमा स्मृतिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज घिमिरेले मदन आश्रीत ः सकल्प, संघर्ष र सिकाई भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा मदन आश्रितको श्रद्धान्जली र संकल्प, पारिवारिक जीवन, अध्ययन र राजनीति, मदन—आश्रीतको राजनीतिक यात्रा र संघर्षका विषयमा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै यस कारण सम्झिन्छौ ः मदन आश्रीतलाई भन्ने विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा वहाँको हत्या की दुर्घटना भन्ने विषय समेत समेट्नु भएको थियो ।
कार्यपत्रमाथि पार्टीका केन्द्रीय विभाग सदस्य तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य बलबहादुर आचार्यले टिम्पणी गर्नुभएको थियो ।
सम्बोधनका क्रममा पार्टीका पोलिटब्युरो सदस्य लिला गिरीले जेठ ३ केवल एउटा मिति नभएर नेपाली कम्युनिष्ट आन्दोलनको बलिदान, विचार, नवीन प्रयोग र भविष्यदृष्टिको प्रतीक भएको बताउनुभएको थियो । वहाँले पार्टी विभाजन, विचार विचलन र राजनीतिक अस्थिरताको सन्दर्भमा जबज अझ सान्दर्भिक भएको बताउनुभएको थियो ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत हुनुभएका गिरीले पार्टी जवज लोकप्रिय हुन्छ तवतव विभिन्न देशी विदेशी षडयन्त्रकारीहरुले सक्रिय भई पार्टीका विरुद्ध लाग्ने गरेको समेत बताउनुभएको थियो । राजनीतिको नाममा दम्भ र पदको नाममा सौदाबाजी नगरी सिद्धान्तमा इमानदारी, व्यवहारमा सादगी र नेतृत्वमा उत्तरदायित्वको अभ्यास गर्नु आजको आवश्यकता भएको बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले मदन आश्रितको विचारले आज सिंगो मुलुकको नेतृत्व गरेको बताउदै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको सैद्धान्तिक अबधारणाबाटै देशको मुहार फेरिने बताउनु भएको थियो ।
कार्यक्रममा अध्यक्षकोषका तर्फबाट १८ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने कोषको आजिवन सदस्य बन्नुभएका २७ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मदन आश्रित स्मृति अक्षयकोषको १८औं साधारणसभा समेत सम्पन्न गरिएको थियो । साधारणसभामा कोषका अध्यक्ष भरतराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषका कोषाध्यक्ष चन्द्रकान्त भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा कोषका सचिव बालकृष्ण पाण्डेले गर्नुभएको थियो ।