detail-img

मदन आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न 

बुटवल । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

मदन आश्रित स्मृति अक्षयकोष रुपन्देहीले उक्त कार्यक्रम आयोजना गरेको हो । मदन आश्रितको स्मृतिमा हरेक वर्ष कोषले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र यो वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिएको कोषका सचिव बालकृष्ण पाण्डेले बताउनुभएको थियो । 

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा जेठ १ गते बिहान ८ बजेदेखि पुष्पलाल स्मृति भवन सुख्खानगरमा सुरु भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गर्नुभएको थियो । 
रक्तदान कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गोमादेवि आचार्यले मदन भण्डारीले प्रतिवादन गर्नुभएको जनताको बहुदलीय जनवाद अनुसार नै मुलुक अगाडि बढिरहेको बताउनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको आचार्यले मदन र जिवराजले पाटीमा अमुल्य योगदान गर्नुभएको र वहाँले प्रतिपादन गरेको विचारलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढेको बताउनुभएको थियो ।  
कार्यक्रम मदन आश्रित स्मृति अक्षयकोषका अध्यक्ष भरतराम भट्टराईको अध्यक्षता र सचिव बालकष्ण पाण्डेले सञ्चालनमा सम्पन्न भएको थियो । 

मदन आश्रित स्मृति अक्षय कोषले स्मृति दिवसको अवसरमा जेठ २ गते शुक्रवार मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन प्रदान गर्ने तथा ३ गते शनिवार साधारणसभासंगै गरिव तथा जेहन्दार २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान र स्मृतिमा मदन आश्रित विषयक कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको सचीव पाण्डेले जानकारी दिनुभयो ।