भैरहवा, ५ जेठ । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । भैरहवामा सम्पन्न अधिवेशनले हरि प्रसाद जैसवालको अध्यक्षतामा १९ सदस्यीय नयाँ सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गंगा घिमिरे, ऐन बहादुर थापा, सचिवमा कमल गौतम, उपसचिवमा शुशिल पौडेल र कोषाध्यक्षमा रामनारायण केवट रहेका छन ।
त्यस्तै सदस्यहरुमा काशीराम मरासिनी, त्रिवेणी पाल, राजकुमार, शम्भु लोध, केशर लाल चौधरी, दुखी दाडी, जमुना रेग्मी पौडेल, सृजना ज्ञवाली पौडेल, उर्मिला यादव र नामदेव न्यौपाने रहेका छन् ।
कमल पोख्रेलको अध्यक्षता तथा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा महासंघको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो ।
अखिल नेपाल किसान महासंघ सिद्धार्थनगर नगर कमिटीका उपाध्यक्ष ऐन बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य चुमकला बस्याल, महासंघका रुपन्देही जिल्ला इञ्चार्ज कृष्ण प्रसाद पन्थी, एमाले सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन किसान महासंघ सिद्धार्थनगर कमिटीका सचिव पदम प्रसाद पन्थले गरेका थिए ।