detail-img

संविधान दिवसमा अनेरास्ववियुद्धारा विभिन्न कार्यक्रम

बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले संविधान दिवस तथा राष्ट्रिय  दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । क्याम्पस प्रमुख कृष्ण शर्माको प्रमुख आतिथ्यतामा क्याम्पस परिसरमा दिप प्रज्वलन गरेको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सदस्य तथा अनेरास्ववियुका नेता चिरन अर्याल, लक्ष्मण पन्त, अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी अध्यक्ष बिजय बोहरा उपाध्यक्ष टेकेन्द्र खड्का, अर्जुन भुसाल लगायतको सहभागिता रहेको थियो । 

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीले आयोजना गरेको र्याली तथा कार्यक्रममा अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटी ब्यानर सहित सहभागी भएको थियो । अनेरास्ववियुले अन्य क्याम्पसहरुमा पनि राष्ट्रिय झण्डा राख्नुका साथै दिप प्रज्वलन गरी संविधान दिवस मनाएको थियो ।