अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तिव्रता दिएको छ । यसै क्रममा असोज ४ गते शुक्रबारका दिन बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको हो ।
बुटवलको अधिवेशनबाट बिशाल थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । ३१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा प्रतिक गौतम, आशिष कडेल, सागर वि.क., इशाक अलि, सचिवमा आयुश कक्षपति, सहसचिव बिशाल पाण्डे, अतित आचार्य, बिन्दु राना मगर, कोषाध्यक्ष केशव पौडेल, सदस्यमा बिष्णु पाण्डे, असिम पुन, रेविसा कुँवर, सुवास सुनार, नारायण न्यौपाने, सन्ध्या न्यौपाने, अमरजित महतो, सरोज श्रेष्ठ, दिपशिखा खनाल, राज गुप्ता, असलम खान, रोशन न्यौपाने, मनिष खरेल, कृष नेपाल, आकाश गौतम, प्रताप भट्टराई, मञ्जु भुसाल, जोसेफ घिमिरे रहनुभएको छ ।
अधिवेशनमा अनेरास्ववियुको स्थायी कमिटी सदस्य लेखनाथ खनालको प्रमुख आथिथ्यता रहेको थियो भने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज गोपाल राना प्रमुख वक्ताको रुपमा खुलासत्रमा सम्बोधन गर्नुभएको थियो ।
अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, उपाध्यक्ष निरज आचार्य लगायतले बोलेको कार्यक्रमको अध्यक्षता रोशन घिमिरे र सञ्चालन रोहित कुमार सुनारले गर्नुभएको थियो भने अध्यक्षको तर्फबाट रोशन घिमिरेले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।