detail-img

एमाले लुम्बिनी साँस्कृतिक नगरको अधिवेशन सम्पन्न, अध्यक्षमा गोविन्द ज्ञवाली निर्वाचित

नेकपा (एमाले) लुम्बिनी साँस्कृतिक नगर कमिटीको यसह असोज २ गते सम्पन्न भएको दोस्रो अधिवेशनबाट गोविन्द ज्ञवालीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा मञ्जु पराजुली ढकाल, सचिव बसिउद्धिन खाँन, उपसचिव द्धय सरिता श्रीवास्तव र बिन्देश्वरी कहार निर्विरोध चयन हुनुभएको हो । त्यस्तै सदस्यमा शिवनन्दन हरिजन, कमलावती चमार, कमरुद्धिन धुनिया, अब्दुल मन्नान अन्सारी, अब्दुल गफार मुसलमान, अरबुन निशा फकिर, अब्दुल मोजिव मुसलमान, सफी उल्लाह, मधु जैसी, पराग लोध, लल्लु यादव, नाथुराम हरिजन, नैनमति कहार, सहिदुन निशा, फारुक मुसलमान रहनुभएको छ । 

अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, पोलिटब्युरो सदस्य तथा पुर्व राष्ट्रियसभाका एमाले दलका प्रमुख सचेतक खिमलाल भट्टराई, एमाले केन्द्रीय सदस्य, क्षेत्र नं. ५ का इन्चार्ज तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, प्रदेश कमिटी सदस्य तथा लुम्बिनी साँस्कृतिक नगर उपप्रमुख कल्पना हरिजन, एमाले जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे, जिल्ला सचिव चित्रबहादुर कार्की लगायतले शुभकामना सहित सम्बोधन गर्नुभएको थियो । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथग्रहण र पहिलो बैठक असोज ५ गते लुम्बिनीमा आयोजना गरिएको छ ।