detail-img

अनेमसंघ रुपन्देहीको युवा कमिटीको अध्यक्षमा सोनी थापा चयन 

अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला अन्तर्गत रहेको महिला युवाको जिल्ला अध्यक्षमा सोनी थापा सर्वसम्मत चयन हुनुभएको छ । 
पौष ६ गते बुटवलको पुष्पलाल स्मृति भवनमा भएको भेला तथा दोस्रो अधिवेशनबाट १९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको सचिवमा नेशना गिरी, सदस्यमा रक्षा चापागाई, प्रियान्सी पाण्डे, रमा थापा, रोशनी गुरुङ्ग, अनुषा अधिकारी, सविता गैरे, सविता पराजुली, शुशिला पटेल, कमला न्यौपाने, प्रिया परियार, इन्दिरा अधिकारी र एन्जिला क्षेत्री चयन हुनुभएको छ । 

कार्यक्रममा बोल्दै अनेमसंघ स्थायी कमिटी सदस्य थानकुमारी थापाले महिला संघमा पुस्ता हस्तान्तरणको अभियानलाई सफल बनाउन युवा कमिटी निर्माण गरिएको बताउनुभएको थियो । वहाँले संगठनमा युवाहरुलाई आवद्ध गरी संगठन मार्फत विभिन्न समस्याहरको आवाज बुलन्द गर्नुका साथै नेतृत्वमा युवा सहभागिता गराउने अभियान अनेमसंघले सञ्चालन गरेको बताउनुभएको थियो ।  

त्यस्तै स्थायी कमिटी सदस्य कल्पना थापा, अनेमसंघ केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज ज्ञानु के.सी, नेकपा एमाले जिल्ला कमिटी ृपसचिव तथा जनसंगठन समन्वय संयन्त्र संयोजक बाबुराम पन्थी, जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेमसंघ रुपन्देही जिल्ला कमिटी अध्यक्ष बिष्णु के.सी., महिला युवा केन्द्रीय सदस्य तथा लुम्बिनी संयोजनकर्ता अन्जली शर्मा सापकोटा लगायतले कार्यक्रममा बोल्दै युवाहरुको जोश र जागरलाई सही ठाउँमा सदुपयोग गर्न युवा केन्द्रीत अभियान सञ्चालन गरिएको हुँदा यसलाई पालिका स्तरसम्म विस्तार गर्न सबैलाई आ–आफ्नो कार्यक्षेत्रमा जुट्नुपर्ने बताउनुभएको थियो । 

कार्यक्रम अनेमसंघ जिल्ला युवा कमिटी उपाध्यक्ष भावना लिगलको अध्यक्षता तथा अनेमसंघ जिल्ला कमिटी सदस्य एवं युवा इन्चार्ज शिला भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।