detail-img

नेकपा एमाले रुपन्देहीले प्रतिगामी कुप्रयासका विरूद्ध जनसचेतना कार्यक्रम गर्ने 

नेकपा (एमाले) रुपन्देहीले पार्टीको वडा केन्द्रित अभियानलाई जोड्दै चैत ११ गते ११ बजे एकै पटक जिल्लाका १५५ वटै वडाहरूमा एकसाथ प्रतिगामी कुप्रयासका विरूद्ध जनसचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

पार्टी केन्द्रको निर्देशन बमोजिम रुपन्देही जिल्ला कमिटीको २०८१ चैत्र ८ गते बसेको तेस्रो पूर्ण बैठकले ११ गते सचेतना कार्यक्रम गर्ने निर्णय गरेको हो । 

बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने, चैत १८ गते बुटवल–बेलहिया रुटमा वृहत मोटरसाइकल ¥याली गर्ने निर्णय गरेको छ । उक्त ¥याली ब्यवस्थापनका लागि जिल्ला उपाध्यक्ष हितराज पन्थीको संयोजकत्वमा उपसचिव क.बाबुराम पन्थी, क्षेत्रीय कमिटीका संयोजक कमरेडहरु, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु लगायतका जनसंगठनका जिल्ला र सो भन्दा माथिका नेताहरु रहेको कमिटी निर्माण गरिएको छ । 

त्यस्तै एमाले रुपन्देहीले चैत २९ गते बुटवलमा बिशाल जनसभा आयोजना गर्ने भएको छ । जनसभाको तयारीका लागि जिल्ला सचिव चित्रबहादुर कार्की संयोजक र सदस्यहरुमा उपसचिव क.बाबुराम पन्थी, क्षेत्रीय संयोजकहरु, प्रदेश क्षेत्रका संयोजकहरु, पालिका कमिटीका अध्यक्षहरु, जनसंगठनका जिल्ला अध्यक्षहरु र पार्टी जिल्लाबाट तोकिएका इन्चार्जहरु रहेको ब्यवस्थापन कमिटी निर्माण गरेकोे छ ।  

बैठकले स्ववियु निर्वाचनमा निर्वाचित सबैलाई बधाई दिनुका साथै स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारलाई जिताउन लाग्नुहुने पार्टीका नेता, पार्टी कमिटी र अनेरास्ववियुका सम्पूर्ण नेता र नेतृत्वलाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै आभार समेत प्रकट गरेको थियो । 

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक २०८१ चैत्र ८ गते शुक्रवार बुटवलमा कमिटीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता, सचिव चित्रबहादुर कार्कीको सञ्चालन तथा पार्टीका पोलिटब्युरो सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा पोलिटब्यरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय कमिटी सदस्यहरु गोमा आचार्य, सावित्रादेवि अर्याल, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरु, लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु आतिथ्यता रहेको थियो ।